खेलकुद

झापा लिग : भद्रपुर ब्लेजर्स विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे

झापा । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले Read More…

संघ \संस्था

प्राडा शर्मासहित झापाका तीन अब्बल प्रतिभालाई पुरस्कृत गरिने

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापामा हुर्किएका तीन जना अब्बल प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण Read More…

समाचार

नगरप्रमुख बुढाथोकीको सक्रियतामा मेचीपारि बल्ने भो विजुली बत्ती

झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् । मेचीनगर नगरपालिका वडा नं १५ अन्तर्गत नेपालका तीन वटा गाउँहरु रहेका छन् । ग्वाला बस्ती,सिसौँडागी र झारुबस्ती मेचीनगर पन्ध्र अन्तर्गत मेचीनगर पारि पर्दछन् । ति गाउँमा ४५ Read More…

धर्म संस्कृती

धाइजनको महापुराणमा राधिका दासी आउने

मेचीनगर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद गिरीले बताए Read More…

संघ \संस्था

प्याब्सन कमल : सांस्कृतिक कार्यक्रम मंसिर १४ र १५ गते

कमल। प्याब्सन कमलको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १४ र १५ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन कमलले दुई दिने सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । कमल गाँउपालिका भरिका १९ वटा संस्थागत विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्ने तयारी गरिएको प्याब्सन कमल सांस्कृतिक कार्यक्रम संयोजक Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष– व्यावसायिकरूपेण समस्याः भवितुम् अर्हन्ति। केचन सुखिनः भविष्यन्ति, केचन दुःखिताः भविष्यन्ति। कार्ये क्लेशः भविष्यति। पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । वृष– धनसम्पादनार्थं योगः अस्ति समृद्ध्यर्थं च दिवसः। पशुपालनात् अनेके लाभाः सन्ति इति भाति। धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट Read More…

संघ \संस्था

कर्मणी साकोस केर्खाको अवलोकन भ्रमण सम्पन्न

कमल । झापाको कमल ३ केर्खा बजारमा कार्यालय रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति, कर्मचारी, विभिन्न उपसमितिहरूका पदाधिकारी तथा सदस्यहरू गरी २६ जनाको टोली सहभागी अवलोकन भ्रमण सुरु भएको ११० घण्टामा केर्खामा आएर सम्पन्न भएको हो । संस्थाका अध्यक्ष त्रिलोचन गौतम, सचिब लेखनाथ सुबेदी, Read More…