कमल । झापाको कमल ३ केर्खा बजारमा कार्यालय रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति, कर्मचारी, विभिन्न उपसमितिहरूका पदाधिकारी तथा सदस्यहरू गरी २६ जनाको टोली सहभागी अवलोकन भ्रमण सुरु भएको ११० घण्टामा केर्खामा आएर सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष त्रिलोचन गौतम, सचिब लेखनाथ सुबेदी, लेखा संयोजक विकास घिमिरे, ऋण उपसमिति संयोजक इन्द्रराज भट्टरार्इसहितको संस्थाको टोलिले देशको विभिन्न क्षेत्र चितवनको देवघाट, सौराह,सिजी पार्क, गोर्खाको मनकामना देवीको मन्दिर,पाल्पाको तानशेन दरबार संग्राहालय, पोखराको विभिन्न स्थान अवलोकन, लुम्बिनी आदि धार्मिक, पर्यटीकय तथा ऐतिहासिक स्थानहरुको अवलोकन गरेको थियो ।

कात्तिक ३० विहिबार साझ ५ बजेबाट सुरु भएको संस्थाको अवलोकन भ्रमण मंसिर ५ गते मंगलबार बिहान ७ बजे सम्पन्न भएको संस्थाले जनाएको छ ।


