राजनीति

लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत

झापा । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत निर्वाचित भएका छन्। झापाको मेचीनगरस्थित दुर्गेश्वरी सामुदायिक भवनमा सम्पन्न संघको ऐतिहासिक अधिवेशनले मेचेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट संघको बरिस्ठ उपाध्यक्षमा महेश मेचे, उपाध्यक्षमा लक्ष्मी मेचे र रबिन मेचे चयन भएका छन्। त्यस्तै महासचिवमा अमर मेचे, उपमहासचिवमा सृष्टि मेचे, सचिवमा सङ्गिता मेचे र पिरू मेचे तथा कोषाध्यक्षमा मेनुका मेचे निर्वाचित भएका छन्।

झापा । लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत निर्वाचित भएका छन्। झापाको मेचीनगरस्थित आर्टिस्टिक दुर्गेश्वरी सामुदायिक भवनमा सम्पन्न संघको ऐतिहासिक अधिवेशनले मेचेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट संघको उपाध्यक्षमा महेश मेचे, लक्ष्मी मेचे र रोबिन मेचे चयन भएका छन्। त्यस्तै महासचिवमा अमर मेचे, उपमहासचिवमा सृष्टि मेचे, सचिवमा सङ्गिता मेचे र पिरू मेचे तथा कोषाध्यक्षमा मेनुका मेचे निर्वाचित भएका छन्। यसैगरी सदस्यहरूमा निशा मेचे, धीरज मेचे, लक्ष्मण मेचे, चेतलाल मेचे र सलिना मेचे चयन भएका छन्।

अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा एमाले नेता तथा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य देवकुमार राई र राष्ट्रिय सभा सदस्य रोशनी मेचेको विशिष्ट आतिथ्य रहेको थियो। त्यस्तै लोकतान्त्रिक थामी संघका केन्द्रीय अध्यक्ष लालबहादुर थामी, लोकतान्त्रिक धिमाल संघका पूर्वकेन्द्रीय उपाध्यक्ष बिकेन्द्र धिमाल तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष बिरेन राजवंशी लगायतको आतिथ्य रहेको थियो।

नवनिर्वाचित अध्यक्ष सन्तोष मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष महेश मेचेले कार्यक्रम सञ्चालन गरेका थिए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कोशी प्रदेशकी कोषाध्यक्ष लक्ष्मी मेचेले स्वागत मन्तव्य राखेकी थिइन्।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै मेचे समुदायको भाषा, संस्कृति, पहिचान, परम्परा र अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि संघको आगामी कार्यदिशा अघि बढाउने अपेक्षा गरिएको छ।