खेलकुद

तेक्वान्दो संघको अध्यक्षमा बावुलाल

झापा, साउन १५ । तेक्वान्दो संघ झापाको अध्यक्षमा मेचीनगरका बावुलाल सुब्बा चयन भएका छन् । बिहीवार एक कार्यक्रमका बिच नेपाल तेक्वान्दो संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा बावुलाल सुब्बा सर्वसम्मत चयन भएका हुन् ।

समितिको अपाध्यक्षमा जेम्स सुब्बा, सचिवमा कुमार भट्टराई कोषाध्यक्षमा पुनम सुव्बा चयन भएका हुन् । त्यस्तै, सदस्यमा होम दुलाल योगेन्द्र रिजाल सन्जय राई चयन भएका छन् । दुई सदस्य समितिको पहिलो वैठकवाट मनोनित गरिने बताइएको छ ।

कार्यक्रम नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष बिजय कुमार न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.