कला मनोरञ्जन

अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

युवराज आचार्य
झापा, साउन १७ ।
सुमधुर स्वरका धनी गायक अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका दाहालले अर्जुन दाहाल द वेभ ब्याण्ड नामक आफ्नै युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि मोफसलमा नै रहेर गीत संगीतको साधनामा अनवरत लागि रहेका गायक दाहालको सो गीतमा शब्द, संगीत र स्वर स्वयम् आफैले भरेका छन् । गीतमा दिनेश पुन मगरको संगीत एरेन्ज रहेको छ ।

त्यस्तै मुकुन्द भट्टराई र अनिश बस्नेतले खिचेको भिडियोलाई सम्पादन रामचन्द्र पौडेलले गरेका हुन् । एन्जल खड्काले निर्देशन गरेको म्युजिक भिडियो ओएसिस स्टुडियोले तयार पारेको हो ।

No description available.

मेचीनगरका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा प्रमिका श्रेष्ठ र स्वयम् अर्जुन दाहालको अभिनय रहेको छ ।

गायक दाहालको भर्खरै सार्वजनिक भएको सो म्यूजिक भिडियोमा विशेष गरी माया प्रेम र बिछोडलाई समेटिएको छ । भिडियोमा आफुले औधि नै मन पराएको प्रेमीकाको दुर्घटनामा मृत्यु हुनु र प्रेमीले बिछोड हुँदा पनि आफ्नो प्रेमीकालाई बिर्सन नसक्नु जस्ता भावनात्मक कुरालाई मार्मिक ढंगले समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published.