अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, साउन १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार Read More…

स्वास्थ्य

थप १७ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

इलाम, साउन १७ । इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत १७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ। शनिबार १७ जना थपिएसँगै इलाममा कोरोना संक्रमण देखिने सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ। क्याम्पमा Read More…

स्वास्थ्य

शनिबार थपिए ३१५ जना संक्रमित, संक्रमित संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै Read More…

कला मनोरञ्जन

अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

युवराज आचार्य झापा, साउन १७ । सुमधुर स्वरका धनी गायक अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका दाहालले अर्जुन दाहाल द वेभ ब्याण्ड नामक आफ्नै युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लामो समयदेखि मोफसलमा नै रहेर गीत संगीतको Read More…

विविध

भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आह्वान

काठमाडौँ, साउन १७ । देशभर मनसुनी वायु र पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का Read More…

समाचार

पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु

काठमाडौं, साउन १७ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको छ । लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा Read More…