समाचार

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिले सरकारको सिफारिसअनुसार आगामी फागुन २३ गते सोमबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले

केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उनको भनाइ छ । संसद अधिवेशन आह्वान भएसँगै नयाँ सरकार गठनको पहल थालिने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।