संघ \संस्था

मेचीनगरमा ८८० जनाले दिए रोजगारीका लागि आबेदन

मेचीनगर, फागुन १७ । मेचीनगर नगरपालिकाद्वारा विभिन्न पदमा ३१ जना करारमा कर्मचारीको माग गरेको थियो । जस अन्तर्गत नंया रोजगारीका लागि ८८० जनाले आबेदन दिएका मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।

नगरपालिकाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले फागुन १० गतेदेखि लागू हुने गरी ७ (सात) दिनभित्र माग बमोजिमका विवरण पेश गरी नगरपालिकाको कार्यालयमा निवेदन दिई सक्नुपर्ने गरी सूचना जारी गरेको थियो ।

विभिन्न पदका लागि ३१ जना कर्मचारीको माग गरिएकोमा ८८० जनाले आबेदन दिएका छन् । तर कुन पदमा कति आबेदन पर्यो भन्ने भोलि मात्र थाहा हुने नगरपालिकाले जनाईएको छ ।

आबेदन दिने समय आइतबार हिजो सकिएको थियो ।