संघ \संस्था

स्वास्थ्य मापदण्ड अपनाएर कन्फ्रेन्स सम्पन्न गछौँ; सुमनकृष्ण श्रेष्ठ

झापा, भदौ ८ । नेपाल जेसीजको वार्षिक कार्यक्रम क्षेत्रीय भेला अन्तर्गत २०२१ को पहिलो क्षेत्रीय भेला सुर्खेतमा शुक्रवारबाट हुँदैछ ।

विरेनद्रनगर जेसीज सुर्खेतले आतिथ्यता गरेको क्षेत्र घ को क्षेत्रीय भेला यो वर्ष कोभिड १९ का कारणले नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई अपनाइर शाखाका अध्यक्षहरु, नेपाल जेसीजका पदाधकारीको सहभागितामा मात्र हुने तयारी भएको छ ।

अन्य जेसीज सदस्यहरुका लागि भने जुम अनलाइन तथा सामाजिक सञ्जाल फेसबुकबाट प्रत्यक्ष हेर्न मिल्ने तयारी भइरहेको क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले बताउनु भयो । गत वर्षको सिद्धार्थ लेडी जेसीजको कन्फ्रेन्सबाट २०२१ लाई आतिथ्यता गर्ने अवसर पाएको विरेन्द्रनगर जेसीजले सबै स्वास्थ्य मापदण्ड अपनाएर सिमिति व्यक्तिहरुको सहभागितामा कार्यक्रम गर्ने श्रेष्ठले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट अनुमति लिएर कार्यक्रम गर्ने तयारी गरिएको हो ।

“कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यकारीणी उपाध्यक्ष श्रेष्ठले भन्नु भयो– शाखाका अध्यक्षहरुलाई सबै सर्कुलर गरिसकिएको छ ।’

दुई दिनसम्म चल्ने कन्फ्रेन्समा यस क्षेत्रका ५० वटा शाखाका अध्यक्षहरुको सहभागिता रहनेछ ।