मेचीनगर, भदौ ८ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि झापामा सामाजिक काममा सक्रिय रहेको हाम्रो अभियान नेपाल नामक संस्थाले विभिन्न निकायसँग पहल तथा छलफल शुरू गरेको छ ।
अनुहार लगायत शरीरका विभित्र भागमा मासुको डल्ला पलाएर पिडामा रहेकी विष्णुमायाकाे उपचारका लागि हाम्रो नेपाल अभियानले काठमाडौं स्थित सुस्मा काेइराला मेमोरियल अस्पताल र त्यहाँका प्लास्टिक सर्जन डाक्टर जस्वान शाक्यसँग परामर्श समेत गरिएको संस्थाका संयोजक नरेश मोहराले जानकारी दिए ।

बिगत देखि नै अपांग, अशक्त, असहाय, सडक मानब उद्धार, पिडित दुखि बालबालिकाकाे उद्धार, लकडाउनकाे समयमा राहत बितरण देखि गाउँ टाेलमा जनचेतनामूलक क्षेत्र मा अग्र भागमा काम गरेकाे सामजिक संस्था हाम्रो अभियान नेपालले विष्णुमायकाे उपचारका लागि सहयोग गरिदिन सबैलाई अनुरोध समेत गरेको छ । उनको उपचार खर्च महँगो पर्ने र लामो समय अस्पताल बस्नुपर्ने भएको कारण सबैको सहयोगबाट मात्रै विष्णुममयाकाे उपचार सम्भव हुने देखिन्छ ।
संस्थाका सचिव विष्णुप्रसाद आचार्यका अनुसार केही दिनभित्रै संस्थाले विष्णुमायाकाे उपचारका लागि नगरपालिका, सम्बन्धित स्थानिय सरकारका प्रतिनिधि, पत्रकार ,बौद्धिक ब्यक्तित्व, सामाजिक अगुवा, उद्योग ब्यवसायिहरु लगायतका विभिन्न व्यक्ति तथा संस्थाहरूकाे भेला गराई थप सहजताकाे निम्ति पहल गरिने बताएका छन्,।
संस्थाले स्थानीय समाजसेवी निर्मला भण्डारीकाे सहयोग तथा सहजीकरण र स्थानीय जनप्रतिनिधिकाे सहयोगमा विष्णुमायालाई अपांग भत्ता दिलाउनकाे लागि परिचयपत्र बनाउन प्रक्रिया अगाडि बढाएको छ । उनको उपचार पश्चात् , उनलाई कुनै सीप तथा व्यवसाय सञ्चालन गरिदिन संस्थाकाे योजना रहेको संयोजक नरेश मोहराले बताए ।
हिजोमात्रै अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले विष्णुमायाको उपचारका लागि नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियोे ।
अनुहार लगायत शरीरका विभिन्न भागमा मासु पलाएर पिडामा रहेकी विष्णुमायाकाे बुवा आमा पनि नरहेको र हाल उनी काका काकीकाे घरमा आश्रय लिएर बसेकी छिन्,। पीडित विष्णुमायाले भावुक हुँदै कमजोर आर्थिक अवस्थाकै कारण उपचार गर्न नसकेको र आफुले उपचार पाए सहज हुने बताइन् ।
पीडित विष्णुमाया कि काकी उमामाया मगर भन्छिन् ,- “उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा दर्दनाक मासुको डल्लो बढेर खानपिउन नै समस्या भइसक्यो । खान लाउन धौधौ छ कसरी उपचार गराैँ?”
आर्थिक स्रोत नभएका कारण विष्णुमायाले बर्साैँदेखि आफ्नो अनुहारभरी मासुको डल्लो झुन्ड्याएर हिँडिरहेकि छिन् भने पछिल्लो समय उक्त मासुको डल्लो बढ्दै गएपछि थप समस्या निम्तिएकाे उनका छिमेकी बताउँछन् ,।
मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ भने आँखा हेर्न समस्या हुँदै गएको छ ।जसका कारण उनलाई खानपिन र हिँडडुलमा समेत कठिनाई भैरहेको छ । उनको अनुहारमा मात्रै नभएर अहिले शरीरका विभिन्न भागमा मासु पलाउँदै गएपछि उनलाई झनै समस्या भएको छ ।
कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानैछँदा अनुहारमा गाठागुठी देखिएको र एकपटक अस्पतालमा पुगेको उनले बताइन् ।

