काठमाडौं, फागुन १७ । नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो।
प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती पनि लिइसकेको छ।प्रतियोगितामा क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, केभिन ओ ब्रायनलगायत विश्वप्रसिद्ध खेलाडीले खेल्ने आयोजकले जनाएको थियो ।
प्रतियोगितामा ६ शहरका नाममा रहेका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रीयट्स टिम हो । ललितपुरसँगै प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।

