स्वास्थ्य

थप १७ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

इलाम, साउन १७ । इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत १७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ। शनिबार १७ जना थपिएसँगै इलाममा कोरोना संक्रमण देखिने सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ।

क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजेटिभ देखिएको गणका प्रमुख सुधीरजंग थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.