अर्थ

एनएमसी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नगद सहित सम्मानित

झापा, चैत १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले नेपाल सरकारबाट दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् ।

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रदान गरेको सम्मान पत्रमा सहकारी व्यवसायमार्फत् सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पुर्याएवापत उचित मुल्याङ्गकन गर्दै नगदसहित सम्मानपत्र प्रदान गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.