खेलकुद

आठौंको उद्घाटन राष्ट्रपतिबाट, समापनमा प्रधानमन्त्री

काठमाण्डौं, चैत १९ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयले जानकारी दिएको छ । समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ Read More…

खेलकुद

रोयललाई हराउँदै दाउफिन्स सेमिफाईनलमा

काठमाण्डौं, चैत्र १९ । जारी तेस्रो संस्करणको दुहबी गोल्डकपमा क्यामरुनी क्लब दाउफिन्स सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दाउफिन्सले भारतको रोयल फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा दाउफिन्सले चौथो मिनेटमा यात्रिक ओवानाको गोलबाट अग्रता लिएको थियो । बेनिटोले २६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । Read More…

अर्थ

एनएमसी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नगद सहित सम्मानित

झापा, चैत १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले नेपाल सरकारबाट दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी Read More…

समाचार

स्कुटर पल्टिँदा चालकको मृत्यु

दाङ, चैत १९ । घोराही उपमहानगरपालिकामा स्कुटर पल्टिँदा एक युवकको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर १४ मा मंगलबार रा ४ प ३८२२ नम्बरको स्कुटर पल्टिँदा त्यही ठाउँका प्रकाश आचार्यको मृत्यु भएको हो । आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटर आचार्य स्वयंले चलाएका थिए ।

समाचार

हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था

काठमाण्डौं, चैत १९ । आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो । हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् । सामान्य अवस्थामा रहेकाहरुको अवस्था पनि निकै कष्ठकर छ । खाना, Read More…

कला

‘नोटबुक’ र ‘जंगली’ दुबै फिल्मलाई दर्शकले रुचाएनन्

मुम्बई, चैत १९ । शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘नोटबुक’ र ‘जंगली’ ले बक्सअफिसमा आफ्नो जादू देखाउन असफल भएका छन् । दुबै फिल्म बक्सअफिसमा डुबेको भारतीय मिडियाले बताएका छन् । बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसमा निर्माण भएको फिल्म ‘नोटबुक’ ठूलो फ्लप साबित भएको छ । यसलाई दर्शकले पिटिक्कै रुचाएनन् । फिल्मले प्रदर्शनमा तीन दिनमा Read More…

कला

नेहा कक्कर नेपाल आउँदै

काठमाण्डौं, चैत १९ । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन् । प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिने छिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ । पछिल्लो समय नेहाले रिमेक Read More…

समाचार

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

विराटनगर, चैत १९ । मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ घर भई हाल विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई हाल विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् । Read More…