
काठमाण्डौं, चैत्र १९ । जारी तेस्रो संस्करणको दुहबी गोल्डकपमा क्यामरुनी क्लब दाउफिन्स सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दाउफिन्सले भारतको रोयल फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दाउफिन्सले चौथो मिनेटमा यात्रिक ओवानाको गोलबाट अग्रता लिएको थियो ।
बेनिटोले २६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मेसोप्केले खेलको ३६ मिनेटमा गोल गर्दै टोलीको पुन अग्रता दिलाएका थिए । कोनोले ५८ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ को स्थितीमा पु¥याएका थिए ।
क्रिसले ६३ औ मिनेट गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर त्यो सफल हुन सकेन ।
खेलको म्यान अफ दि म्याच दाउफिन्सका मेसोप्के भए । उनले १० हजार पाए ।
पहिलो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्नेछन् ।

