
विराटनगर, चैत १९ । मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ घर भई हाल विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई हाल विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् ।
आज जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले को३५प ९७६३, को२५प ५२५१, को२८प ४९७४, को३५प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ ।प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार विजयकुमार यादव स्थानीय एक कलेजमा एमबिबिएसका विद्यार्थी हुन् भने चौधरी एक सञ्चारमाध्यममा कार्यरत पत्रकार रहेको बताइएको छ ।

