खेलकुद

आयोजक एलेभन एरोज दुहबीलार्ई हराउदै थ्री स्टार सेमिफाइनलमा प्रवेश

काठमाण्डौं, चैत १८ । थ्री स्टार क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एलेभन एरोज क्लब दुहबीलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा थ्री स्टारका रजीन धिमाल,मान्सा, विजय धिमाल र सुनील बलले गोल गरे । एलेभन एरोजका जीवन धिमालले मात्र गोल गरे ।
खेलको म्यान अफ दि म्याच एलेभनका सुर्य अधिकारी चुनिए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको विजेता टिमले नगद ६ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद ३ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छ ।

Leave a Reply

Your email address will not be published.