काठमाडौं, भदौ ६ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५१९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ९२ हजार ४१८ वटा को पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५१९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ९२ हजार ४१८ वटा को पीसीआर परीक्षण गरिएको छ ।
हाल क्वारेन्टिनमा ११ हजार ६५८ जना रहेका छन् भने १२ हजार ६२१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार ९१६ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ७०५ जना संस्थागत आइशोलेसनमा छन् ।
हालसम्म १८ हजार ३५० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् ।
कुल संक्रमित मध्ये १४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

