समाचार

कमल गाउँपालिकामा १३ गते सम्म लकडाउन

विकास घिमिरे
कमल, भदौं ७ ।
झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका पूरै नै लगडाउनको घोषण गरेको छ ।

यस अघि वडा नम्वर ३ का ८३ वर्षिय वृद्धमा कोरोना पोजेटिभ पुष्टि भएसंगै केर्खा बजार क्षेत्र, फाल्गुनन्द टोल, शान्ती टोल, पश्चिममा ढ्याग्रे खोला, पुर्वमा केर्खा खोला, उत्तरमा पुर्वपश्चिम राजमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो सम्म एक हप्ताको लागी पूर्ण रुपमा शिल गरिएको थियो ।

लकडाउन अवधिभर औषधी पसल, दुध डेरी ग्यास विक्रि पसल वाहेक अन्य कुनै पनि पसल, व्यावसाय, होटल पूर्णरुपमा बन्द रहनेछ। त्यसैगरी दुधडेरी भने विहान ६ बजे देखी ८ बजे सम्म र बेलुका साढे ४ बजे देखी साढे ६ सम्म र ग्यास पसल विहान ६ बजे देखी ८ बजे सम्म मात्र खोल्न पाइनेछ । बैकं तथा वित्तिय संस्थाहरु, सहकारीहरु र विद्यालयहरु पनि पूर्ण रुपमा बन्द रहने छन् ।

त्यस्तै यस गाउँपालिका बाट ढुवानी तथा निकासी हुने अण्डा तथा दुधको हकमा विहान ९ः०० बजे सम्ममा ढुवानी गरिसक्नु पर्ने छ । एमुलेन्स, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सरकारी कर्मचारी, सञ्चार कर्मी र सवारी साधन पास भएका सवारी वाहेक अन्य सवै प्रसारका सवारी साधाहरु चलाउन निषेध गरिएको छ । सबै स्वास्थ्य संस्थाहरुमा इमेरजेन्सी सेवा वाहेक अन्य सवै सेवाहरु १३ गते सम्म बन्द रहने छ ।

वडा कार्यलय पनि पूर्ण रुपमा बन्द रहने र गाउँपालिका भने गाउँपालिकाबाट हुने सेवाहरु मध्ये वाह्यय सेवाहरु सवै बन्द रहने तर स्वास्थ्य सहुलियत सम्बन्धि अस्पतालमा गरिने सिफारिस खुल्ला हुने र सवै प्रकारका सभा सम्मेलन, गोष्ठी, भेला भने पूर्ण रुपमा बन्द रहने छ । भन्दै गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै सवैलाई अत्यआवश्यक काम वाह्ेक घर बाहिर ननिस्कन आवह्न गर्दै लकडाउनको घोषणा गरेको छ । लगडाउनको उल्लघन गरेमा प्राचिन कानुन अनुसार गाउँपालिका, प्रहरी प्रशासा द्धारा कडा कार्वाही गरिने छ ।