समाचार

मेचीनगरका दुई वडा भदौ १० गतेसम्म पूर्ण शिल

युवराज आचार्य
मेचीनगर, भदौ ७ ।
झापाको मेचीनगर नगरपालिका दुई वटा वडा तीन दिनका लागि पूर्ण शिल गर्ने निर्णय भएको छ । आज आइतबार मध्यान्ह १२ बजेदेखि भदौ १० गते रातीको १२ बजे सम्मका लागि मेचीनगर वडा नम्बर ७ र ८ पूर्ण शिल गर्ने घोषण भएको छ ।

समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर वडा नम्बर ७ र ८ का जनप्रतिनिधि, प्रहरी प्रशासन, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत स्थानियबासीहरुको भेलाले स्वास्थ्य सेवा देखी बाहेक अन्य कुनै पनि गतिविधिमा पूर्ण रुपमा रोक गर्दै पूर्ण शिल गर्ने घोषण गरेको हो ।

भदौं ५ गते इटाभट्टा स्थित प्राइम बैैँककी २५ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा पनि गएको हुन सक्ने आशंका गरी इटाभट्टा बजार सहित मेचीनगरका दुई वटा वडा ७२ घण्टाको लागि पूर्ण शिल गर्ने घोषण गरेको मेचीनगर वडा नम्बर ८ का वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए ।