
राजु गौतम मेचीनगर ८ प्रतिभा टोल
बा ! नेता बन्दिन म
थप्पड खाइन्छ यहाँ सारा जनताहरुको
बरु बन्छु किसान जो आफ्नो परिश्रमका भरमा बाँच्न जान्दछ ।
नभए बन्छु म मजदुर जो आफ्नो पसिनामै रमाउँदछ ।
तर
बा ! नेता बन्दिन म
चप्पल खाइन्छ यहाँ सारा जनताहरुको ।
बन्न त सजिलो छ बा नेता
सयौँ तोला सुन राख्दा भैगो, ज्यान मुद्दा लागेको भए पुग्यो
दुईचार अक्षर चिने मात्र पुग्यो, केही गुन्डा किने पुग्यो ।
त्यसैले बा !
नेता बन्दिन म झापड खाइन्छ यहाँ सारा जनताहरुको
बरु बनिन्छ सैनिक, जसले मात्र दुष्मनलाई मार्छ त्यो पनि एकै तालिमा
मार्दिन म देश र जन भावनालाई, विश्वास अनि आफ्नै प्रतिज्ञालाई ।
बा !
नेता बन्दिन म खाइन्छ थप्पड जनताहरुको ।
किन गरुँ म देशबासीसँग धोका, जाली र झुटको व्यापार
आश्वासन बाढ्दै हिड्ने दुष्मनी भोग्न चाहन्न म भविश्यको दुर्गती
मातृभूमिलाई लात्ती हान्दै खेल्नु छैन मैले हार जितको खेल
आरोप प्रत्यारोप, ताना तान किन गरुँ फोहोरी झेल
म बनू सभ्य जनता जो कसैले भगाउँदा नभाग्ने र नचाउँदा ननाच्ने
केबल आफ्नै स्वनिर्णय अनि स्वविवेकमा चल्न,े
बनूँ स्वशासित र स्वाबलम्बी जो सत्य, निष्ठापूर्वक बाँच्दछ ।
त्यसकारण बा !
नेता बन्दिन म खाइन्छ अवश्य चप्पल सारा जनताहरुको
भेटिन्छ पक्कै थप्पड जनताहरुको ।

