झापा, भदौ ३० । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का झापा, इलाम, मोरङ, सुनसरीसहितका जिल्लामा ‘भारी’ वर्षा भएको छ ।
नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ ।
यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स(साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।
यस्तै मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले विभिन्न ३ प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

