कला मनोरञ्जन

नेपाल स्टारका कमल र बिशालदेवलाई भोट गर्न आग्रह

युवराज आचार्य
झापा, कात्तिक ३० ।
नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायक अहिले भोटिङ राउण्डको चरणमा छन् ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेका कमल र बिशालदेवलाई नेपाल स्टार बन्न अब निर्णायक संगै भोटको पनि खाँचो छ । त्यसैले उनिहरुले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरिरहेका छन् । भोटिङ शनिबार राति ९ बजे देखी मंङ्गसीर १ गते सोमबार राती १२ बजे सम्म खुल्ला रहने छ ।

यस्तो छ भोट गर्ने तरिका :-

कमललाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS04 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । डेढ दशकदेखि सांगेतिक क्षेत्रमा क्रियाशिल कमलको संघर्ष जारी नै छ । झम्के मायालगायत उनको आधादर्जन गितहरु चर्चित छन् ।

बिशालदेवलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS02 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । डेढ दशकदेखि सांगेतिक क्षेत्रमा क्रियाशिल बिशालदेवको संघर्ष जारी नै छ । नेपाल स्टार बन्ने दृढ सपना बोकेर काठमाण्डौँ आएका बिशालदेवले पप, आधुनिक, प्लेब्याक सिङ्गिङ तथा सेमिक्लासिकल सबै विधामा आफ्नो भर्सटालिटी देखइसकेका छन् ।

कमल रसाईली र बिशालदेव श्रेष्ठ दुवै नेपाल स्टारको आशालाग्दो दाबेदार हुन् । त्यसैले उनिहरुलाई सक्दो भोट गर्न सबैले आग्रह गरेका छन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर संघर्षरत उनीहरु गायनलाई नै आफ्नो करियर बनाउने बताउँछन् ।