काठमाडौं, मंसीर १४ । म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । नवौ चरणको खेलमा बर्नलीलाई ५–० ले हराउदै सिटीले सिजनको चौथो जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले ह्याट्रिक गरे । फेरान टोरेस र बेन्जामीन मेण्डीले एक एक गोल थपे ।
छैटौ मिनेटमा पहिलो गोल गरेका महरेजले २२ र ६९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलमा अधिकांश समय बर्नलीलाई दबावमा राखेको सिटीका थप आधा दर्जन प्रयास खेर गएका थिए । ९ खेलबाट १५ अंक जोडेको सिटी तालिकाको आठौ स्थानमा पुगेको छ ।

