
काठमाण्डौ, चैत १५ । माध्यामिक शिक्षा परीक्षा एसइई को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनु अघिनै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेलको अध्यक्ष तामा माध्यामिक शिक्षा परीक्षा संचालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले प्रश्नपत्र बाहिरिएको प्रदेश २ को २ सय ६२ वटा परीक्षा केन्द्रको परीक्षा तत्कालका लागि स्थगित गर्ने शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्डलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा वोर्डसहित केन्द्रीय अनुसन्धान व्यूरोले समेत छानविन गरिरहेको जानकारी दिए ।
उनले २२ गतेदेखिका परीक्षा थथावत् रुपमै सञ्चालन हुने तर २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

