खेलकुद

फिफा वरियतामा नेपाली महिला टिम १०३ औ स्थानमा

काठमाडौं, चैत १५ ।  फिफा वरियतामा नेपालीमहिला टिम पाँच स्थान माथी उक्लीन सफल भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाली महिला टिम पाँच स्थान माथी उक्लीएको हो । नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा पर्न सफल भएको छ । यस भन्दा अघि नेपाल १०८ औं स्थानमा रहेको थियो ।
घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेपछि नेपालले वरियतामा सुधार गरेको हो ।

दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ६३ औं स्थानमा रहेको छ । दक्षिण एसियामा बंगलादेश १२७ औं, श्रीलंका १३४ औं, माल्दिभ्स १३६ औं र भुटान १५० औं स्थानमा रहेको छ । नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, इंग्ल्यान्ड तेस्रो,फ्रान्स चौथो र क्यानडा पाँचौ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.