संघ \संस्था

उन्नत धान उत्पादन ब्लक चुलाचुली–१ को प्रथम सार्वजनिक सुनुवाइ सम्पन्न

बिकाश घिमिरे

इलाम, पौष ०६ । इलाम जिल्ला अन्तर्गत चुलाचुली गाँउपालिकामा चुलाचुलि–१ कमल अवस्थित उन्नत धान उत्पादन ब्लक आयोजना समितिको आर्थिक बर्ष २०७७ र २०७८ को कार्यक्रमको प्रथम सार्वजनिक सुनुवाइ नेपाल रेडक्रस सोसाइटीको सभाहल चुलाचुली–१, कमलमा सम्पन्न गरेको छ ।

No description available.

कार्यक्रममा यस आ.ब मा मिति २०७७–०८–२९ गते कृषि ज्ञान केन्द्र इलामसँग रू. १३,५५,००० अनुदान रकम सम्झौता गरेको र उक्त अनुदान रकममा कृषकहरूबाट ५० प्रतिशत थप गरि अन्न भण्डारण केन्द्र भवन , ट्याक्टर सेट राख्ने टहरो निर्माण, धानको बीउ खरिद, मलखाद, कृषि औजार, वितरण गरिने संयोजक त्रिलोचन गौतमले बताउदै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार समेत प्रकट गर्नु भयो ।

No description available.

त्यस्तै यस संस्थाले गत आ.व. मा भने ट्याक्टर, रोडा भेटर, थ्रेसर, ट्रलि, सिँचाई मोटर, वोरिङ्ग सेट, एक पाङ्रे ट्रली, सिडविन त्रीपाल, जैविक विषादि–मल, उन्नत जातका धानको बिउएवम १०० वटा भकारी सुधार कार्यक्रम को लागी आवश्यक सामाग्री सिमेन्ट र टिना समेत गरी जम्मा ७० लाख बाराबर को कार्यक्रम मा जनचेतनासहकारी कृषी सहकारी संस्था बाट ५० प्रतिशत वराबर को रु ३५ लाख जम्मा गरी कार्यक्रम सम्पन्न गरेको थियो ।

No description available.

चुलाचुली गाँउपालिका उपाध्यक्ष कल्पना दाहालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम मा गणेशप्रसाद फागोको विशिष्ट अथितिको रुपमा उपस्थिती रहेको थियो भने अन्य अथितिको रुपमा रामप्रसाद दहाल, पृथ्वीराज राई, सन्तोष थाम्सुहाङ, मानबहादुर पौडेलको उपस्थिती रहेको थियो ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका संयोजक त्रीलोचन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम लाई समितिका सचिव सुरेन्द्र भट्टराईले सन्चालन गर्नुभएको थियो ।