फोटो फिचर समाचार

बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरी जनजिवन कष्टकर, धनजनको क्षति (फोटो फिचर सहित)

काठमाण्डौं, चैत १८ । नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ।

प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अहिलेसम्म बारामा २९ जना र पर्सामा ए कजना गरी ३० जनाको ज्यान गएको बताएका छन्।

कच्ची एवम्‌ पक्की गरी धेरै घर भत्किएका र त्यसमा मानिसहरू पुरिएको हुन सक्ने भन्दै मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ । राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उद्दार तथा राहत व्यवस्थापन समितिको गठन भएको छ । घर भत्केकाको पुनर्वास गर्ने र प्रभावितलाई राहत तथा उद्दार गरी सहयोग गर्न सम्पूर्ण सघसंस्थालाई बैठकले आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.