धर्म संस्कृती

माधव संस्कृत गुरुकुलमा उद्घोषण तालिम सम्पन्न

मेचीनगर, फागुन २१ । झापाको मेचिनगर १२ मा अवस्थित श्री माधव संस्कृत विध्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम आज सम्पन्न भएको छ ।

विध्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण कोष एवं वाग्वर्द्धिनी सभाको आयोजनामा २०७७ साल फाल्गुण १८ गतेबाट तालिम सन्चालन भएको थियो ।

वाग्वर्द्धिनी सभाका अध्यक्ष चन्द्र कृष्ण पौडेलको सभापतित्व रहेको कार्यक्रममा श्री बाल सरस्वती माध्यमिक विध्यालय व्यबस्थापन समितिका अध्यक्ष सुर्य प्रकाश सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

गुरुकुलका प्राचार्य पुण्यप्रसाद रिजालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा ,सुर्योदय टिभीका कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे , नेपाल महर्षी वैदिक फाउन्डेसनका सिद्दी शिक्षक एवं गुरुकुल निरीक्षक रेणुकृष्ण अधिकारी, आचार्य पं लक्ष्मी प्रसाद मिश्र लगायतको विशेष आतिथ्यता रहेको थियो ।

तालिमका प्रशिक्षक National TOT Graduate तथा रेडियो आगनका कार्यक्रम प्रस्तोता हरिकृष्ण भण्डारीलाई उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मान गरिएको थियो ।

शताधिक संघ संस्था र हज्जारौंलाई प्रशिक्षण दिईसकेका भण्डारी पछिल्लो समय पुर्वमा लोकप्रिय बन्दै गएका छ्न् ।

विशिस्ठ अतिथी प्राचार्य रिजालले तालिमले विध्यार्थीहरुमा वाककलाको वृद्दी भइ अद्वितीय प्रभाव परेको बनाउनु भयो ।

सिकाइ मन्तव्य राख्दै प्रशिक्षार्थी इश्वर अधिकारीले तालिमका कारण आत्मविश्वास जागेको र आगामी दिनमा हज्जारौं समुहमा पनि आफ्ना कुरा निर्धक्क व्यक्त गर्न सकिने बताउनुभयो ।

प्रमुख अतिथी सापकोटाले संस्कृत ग्रन्थ अध्ययन गरिरहने बिध्यार्थीहरुमा उद्घोषणकला अपरिहार्य रहेको बताउदै सबैलाई शुभकामना व्यक्त गर्नुभयो । प्रशिक्षार्थी खगेन्द्र पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रशिक्षार्थी वासुदेव निरौलाले औचित्य माथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको संचालन प्रशिक्षार्थी द्वय केवलकृष्ण न्यौपाने र शान्तिराम बरालले गर्नुभएको थियो ।