देबु बानियाँ
धुलावारी, चैत ७ । नेपाली कांग्रेसका प्रभक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्रको एकता तोरी र कोदोलाई एकै ठाउँ पिसेपछि आएको परिणाम भएको बताएका छन् ।

नेपाली काग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइाराको शालिक अनावरण तथा ११ औँ स्मृति सभालाई समारोहलाई गृहनगर झापाको धुलावारीमा अनावरण गर्दै नेता शर्माले हेर्दा उस्तै देखिए पनि कोदोबाट आउने पिठो र तोरीबाट आउने पिनालाई एकै ठाउँमा हालेपछि न पिना न कोदो भएको बताएका हुन् । ‘चुनाव जित्नलाई गरिएको एकता आज कोदो र तोरी छुट्टिए जस्तै अलग भएका छन्’ पाटीका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने–‘जनताले पनि कोदो र तोरीको मिसावट चिन्न सकेनन्, जनतालाई कम्न्यिुष्ट नै प्यारो लाग्यो आज बहुमतको अहमताले पोलेको प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना बाढेर जनतालाई झुक्याइदिए ।’
‘यदि ओलीलाई कुनै नैतिकता हुन्थ्याने भने संसद विगठन गरेर सर्वाेच्चले पुर्नस्थापना गर्दा समेत उनले राजिनामा दिन त कता हो नैतिकता गुमाएर पदमै रहिरहेका छन् ।’ शर्माले भने–‘न त उनलाई कुनै पछुतो छ न कुनै लाज, थोरबहुत लाजसरम भए पनि माक्स लगाएर छोपेर हिडेका छन् । उखान टुक्काले त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरिरहेका छन् । ’
अक्सर जनतालाई प्रलोभनका गुलिया लड्डु बाड्ने तर, यथार्थमा उहि तोरी र कोदोको मिसावट भाग लगाइदिने बानी परेका ओलीले पछिल्लो समयमा प्रधानमन्त्रकिो भूमिका बिर्सेर हास्य कलाकारको रुपमा दुनिया हसाउने काम गर्न सम्म पछि परेनन्, प्रधानमन्त्री ओलीप्रति नेता शर्माको कटाक्ष थियो ।

नेता शर्माले अहिलेको राजनीतिक समिकरणमा कांग्रेसले निर्णायक भएर अघि बढ्ने बताउँदै संसदमा अविश्वासको प्रस्ताव लैजान जनता समाजबादी पाटीको निर्णयलाइ मात्रै पर्खेको बताए । ‘जनता समाजवादीको कुनै भर लाग्न छोडेको छ’ शर्माले भने–‘उनीहरुका दोधारे प्रवृतिका कारण विश्वास गरिहाल्न समेत नसकेको बताउँदै उनले कांग्रेसले सरकारमा जाने कुनै आधिकारिक धारणा नराखेको समेत स्पष्ट पारे । ‘हामी सरकारमा जाने भन्दा पनि ओली सरकारलाई नै निरन्तरता दिने पक्षमा छौँ’ नेता शर्माले भने–‘तर, ओलीले संसद विगठन गरेपछि देशलाई अनिर्णयको बन्दी बनाए ।’ उनले जनता समाजवादी पार्टीको विस्वास र भरोसा नभएको दोहोर्याएका उनले सो पार्टीको स्पष्ट धारण आए कांग्रेसले २४ घण्टा भित्र अविस्वासको प्रस्ताव संसदमा दर्ता गर्ने बताए ।
कांग्रेसको प्रधानमन्त्री बन्न्ने दिन गए रु शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नेहरु उहाँको घरलाई मंदिर सम्झेर धाईरहेको देख्दा आफूलाई अनौठो महसुस भैरहेको बताउँदै शर्माले अहिले बुढानिलकण्ठ तीर्थस्थल नै बनेको छ, केपी गुट, माधव, झलनाथ गुट, प्रचण्ड गुट पालो पर्खेर पुजा गर्न आएझै धाइरहेको बताए ।

मन्तव्यको अधिकांश समय गिरिजाको योगदानका बारेमा चर्चा गरेका शर्माले भने ‘गिरिजाप्रसाद कोइरालाले कुनै हिम्मत र आँट नगरेको भए आज विश्वप्रकाश मात्र होइन गृहमन्त्री बादलहरु पनि सुरक्षित हुने थिएनन् ।’
सामाजिक रुपान्तरण, क्रान्ती योद्धा र शान्तिका सेनानी गिरिजाको जीवन्त सम्झनाका लागि गिरजाको शालिक निर्माण गरेर झापा क्षेत्र नम्बर १ ले पाटीमा नयाँ आयम थपेको बताए ।
‘पाटीलाई बलियो बनउन हातमा हात मिलाउने हो, तर हात बढाएर खुट्टा तान्ने प्रवृतिको अन्त्य गर्नुपर्छ’ शर्माले भने ‘जब कांग्रेस बलियो हुँदैन तबसम्म देशले समृद्धिको यात्रा तय गर्दैन ।’
कांग्रेसको आशन्न १४ औँ राष्ट्रिय महाधिवेशनमको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्दै शर्माले गुट र उपगुट भन्दा माथी उठेर पार्टीको हितमा काम गर्नै व्यक्तिहरुलाई जिताउन आग्रह गरे ।
शर्माले केन्द्रमा बसे पनि आफ्नो गाउँका लागि र पाटीकै काममा छ भन्ने बुझिदिएर आफुलाई पनि नगरमा सानो ठाउँ राखिदिन आग्रह गर्दै घुमाउरो भाषामा शर्माले यस पटको महाधिवेशनमा आफु कांग्रेसको उपल्लो नेतृत्वमा जाने समेत इच्छा व्यक्त गरे ।
‘एक वर्षदेखि मिडिया तथा शुभचिन्तकहरुले कुन पदमा उठ्ने भनेर सोध्ने गरेका छन्’ प्रखर बक्ता शर्माले भने–‘कोरोनाले हजारौँ मान्छेको मृत्यु र विभिन्न घटनामा देशले दुःख पाइरहेको अवस्थामा मैले उम्मेदवारी भन्दा पनि देशका लागि काम गर्ने भन्दै आएको थिए । त्यसको पनि समय आउँछ त्यो समय भनेको अब हो । त्यसैले आज तपाईहरुसँग आफ्नै गाउँमा भन्ने अवसर पाए ।’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाले पार्टीले कांग्रेसकै कारण विभिन्न समयमा दुर्घटना बेहोर्नु परेको बताउँदै आगामी दिनमा एक अर्कालाई साथ र सहयोग गरेर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रमका विशेष अतिथि समेत रहेको थापाले भने–‘हिजो के भयो होइन, अब कसरी पाटी बलियो बनाउने भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।’ सभापति थापाले अन्य पाटीहरु भुटेर टुक्रा टुक्रा भएरहेको अवस्थामा यो महाधिवेशन हाम्रा लागि अवसर र चुनौती रहेको बताउँदै आउने निर्वाचनमा जनताको विश्वासमा कांग्रेसले बहुमत प्राप्त गर्ने बताए । साथै नेता थापाले कांग्रेस क्षेत्र नम्बर १ ले गिरिजाको शालिक निर्माण गरी अनावरण गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरे ।
पार्टीका क्षेत्रीय सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, मेचीनगरका मेयर बिमल आचार्य, सविधान सभा सदस्य उषा गुरुङ, पार्टीका केन्द्रीय नेता प्रमोदहरी गुरगाई, नगरका कार्यबहाक सभापति पुष्प कार्की, बुद्धशान्ति गाउँपालिकाका सभापति चक्र शेर्मालगायतले पार्टीलाई बलियो बनाउन आउने महाधिवेशनमा गुट भन्दा माथि उठेर पार्टीलाई योगदान गर्ने व्यक्तिलाई नेतृत्वमा लैजान आग्रह गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, जिल्ला सचिव प्रमे सम्बाहाम्फे, ताराविर कटुवाल, कांग्रेस नेताहरु तिलक गिरी, पंकजविक्रम नेम्बाङ, अशोक पोखरेल, नविन बराल, सुदय पनेरु, लोकराज ढकाल, योगेन्द्र थापा मगर, टेकराज लिम्बू, गोमा भट्टराई, राजन भट्टराईलगायत जिल्ला, क्षेत्र, नगर तथा वडाका नेता तथा कार्यकर्ताको उल्लेखिय सहभागिता रहेको थियो ।
क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको संयोजकत्वमा निर्माण भएको उक्त शालिक निर्माण कार्यमा देखि कार्यक्रम गर्न २ लाख २० हजार खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
क्षेत्रीय उपसभापति हर्क फ्याक लिम्बूले स्वागत गरेको कार्यक्रममा गिरिजा प्रसाद कोइरालाको कार्यपत्र जिल्ला सदस्य पुष्पराज पौडेलले प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव हरि बुढाथोकीले गरेका थिए ।

