देबु बानियाँ
बाहुण्डाँगी, बैशाख ७ । झापाका प्रथम शहिद विश्वनाथ घिमिरेको शालिक बाहुण्डाँगी बजारमा बन्ने भएको छ ।
नेपाली कांग्रेस मेचीनगर ४ को संयोजनमा मंगलवार बाहुण्डाँगीमा आयोजित एक समारोहका बिच झापाका प्रथम सहिथ घिमिरेको शालिक बनाउने निर्णय भएको हो । घिमिरेको पञ्चायतकालमा कांग्रेस नेता भएकै कारण इटाभट्टा चोकमा षडयन्त्रपूर्ण हत्या गरिएको थियो ।
घिमिरेका नाति निरज घिमिरेले प्रदान गर्ने जग्गामा उनको शालिक बनाउन लागिएको हो । शालिक निर्माणका लागि जिल्ला उपसभापति राम कट्टेलको अध्यक्षतामा शालिक निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नविन बराल र सचिवमा निरज घिमिरे रहेका छन् ।
सल्लाहकारमा पाटीका प्रवक्ता विश्वप्रकाश शर्मा, जिल्ला सभापति उद्धव थापालगायत रहेका छन् । अन्य सदस्यहरुमा वडा, नगर तथा जिल्ला तहका नेताहरुलाई समावेस गरिएको छ ।
क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, परिवारका सदस्य पंकज घिमिरे, निरज घिमिरे, जिल्ला सचिव प्रेम सम्बाहाम्फे, ताराविर कटुवाल, जिल्ला सदस्यहरु भरत सुब्बा, अनुप कार्की, अग्रज नेता केदार ढकाल, पार्टीका पुर्व गाउँ सभापति ढुण्डीराज पौडेल, वर्तमान वडा सभापति अर्जुन पौडेल, वडा नम्बर ३ का सभापति धनबहादुर अधिकारी, दिपक थापा, सागर कार्की, हरि उप्रेती, जीवन मोते, पोषक मोते, नित्यानन्द चम्लगाई, लिलाप्रसाद पाण्डे, केदार निरौलालगायतको सहभागिता रहेको थियो । स्मरण रहोस क्षेत्र नम्बर १ ले चैत ७ गते पाटीका पूर्व सभापति गिरीजाप्रसाद कोइरालाको शालिक क्षेत्रीय पाटी कार्यालयमा अनावरण गरेको थियो ।

