खेलकुद

महिला फुटबल टिमको ’क्लोज क्याम्प’ इटहरीमा

आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्कर्दै छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम भारतको बागडोरा हुदै आज नेपाल आउने जनाएको हो । उडिसाबाट बागडोरासम्म ह्वाई उडानबाट र बागडोराबाट झापासम्म स्थल मार्ग हुदै महिला टोली नेपाल छिर्नेछ ।

भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र ईरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाईनल खेलेको थियो ।

नेपाल फर्किए लगत्तै महिला टिमलाई बन्द प्रशिक्षणमा समावेश गरिनेछ । महिला टिमको बन्द प्रशिक्षण ईटहरीमा सुरु हुनेछ ।

साफलाई लक्षित गर्दै एन्फाले महिला टिमलाई सोझै ईटहरीमा बन्द प्रशिक्षणमा सहभागि गराउने निर्णय गरेको हो ।

ैबन्द प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनीक गरिनेछ । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ । साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published.