खेलकुद

’रेड कार्ड’ पाउनेमा रामोसको कीर्तिमान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले ला लिगामा सर्वा्धिक रातो कार्ड पाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

घरेलु मैदानमा हिजो जिरोनाविरुद्धको खेलमा रातो कार्ड पाउँदै कप्तान रामोसले सर्वा्धिक रेड कार्डको कीर्तिमान बनाएका हुन् ।

जिरोनासंगको खेलमा रातो कार्ड पाउदै कप्तान रामोसले ला लिगामा करियरको २० औं रातो कार्ड पाए । उक्त रातो कार्डसंगै रामोस ला लिगामा सर्वा्धिक रातो कार्ड पाउने खेलाडी बने ।

रामोसले आफ्नो करियरमा भने २५ रातो कार्ड पाएका छन् ।

रामोसले रातो कार्ड पाएको खेलमा रियल जिरोनासंग २-१ ले पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published.