अर्थ

विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग

झापा, जेठ २९ । झापाका सय बढी अति विपन्न परिवारले खाद्यान्न सामाग्री सहयोग पाएका छन् ।

जारी निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भईरहेको बेला ओरेन्टो मल्टीट्रेड प्रा.लि ले उनीहरूलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

काठमाडौंमा प्रधान कार्यालय रहेको ओरेन्टो मल्टीट्रेड कम्पनीले कामदाम नहुदा दुई छाक टार्न धौधौ परेका झापा क्षेत्र नम्बर ३ का अति विपन्न मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा ओरेन्टोले विपन्न मजदुरलाई प्रति परिवार चामल १ बोरा, नुन १ केजी, दाल १ केजी र तेल १ पोका का दरले वितरण गरेको छ ।

जारी निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएकाले हामीले सकेको सानो सहयोग गरेको ओरेन्टो मल्टीट्रेड प्रा.लि का वोर्ड डाईरेक्टर डिल्लीराम पौडेलले बताए

साथै उनले आगामी दिनमा पनि मानवसेवामा ओरेन्टो परिवार लागि पर्ने बताए ।