धर्म संस्कृती राजनीति

तिजको अवसरमा नेकपा एमाले मेचीनगर ८ वडा कमिटीद्वारा दरखाने कार्यक्रम

मेचीनगर, भदौ १७ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।

वडा कमिटी भदौ १९ गते शनिबार तिज बिशेष कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए।

अध्यक्ष भट्टराईका अनुसार यस्ता खालका चाड पर्बले महिला दिदि बहिनीहरुलाई आपसीरुपमा मेलमिलापको बाताबरण सिर्जना गरि समुन्नत समाज निर्माण गर्नमा महत्वपूर्ण योगदान दिने बताए ।

मेचीनगर ८ स्थित याक्थुङ चुम्लुङ्ग सामुदायिक भवनमा आयोजना हुने कार्यक्रम अन्तर्गत चियापान, शुभकामना आदानप्रदान, महिला दिदिबहिनिहरुको नाचगानलगायत दर खाने कार्यक्रम तालिका रहेको कार्यक्रम संयोजक कुन्दन निरौलाले जानकारी दिए ।