
काठमाण्डौ, बैशाख १८ । भारतको उत्तर प्रदेश साहारानापुरमा आयोजना भएको दोस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ ।
प्रतियोगितामा नेपालको तर्फ बाट प्रथम हुने खेलाडिहरु रोसन श्रेष्ठ २५ केजी, ज्ञान बा बिक ३० केजी, प्रेम तामाङ ३५ केजी, राजेस श्रेष्ठ ४० केजी, पर्वत लिम्बू ४५ केजी, पुकार लिम्बू ५० केजी, मनिष परियार ५०, सुशिल बिक ५५ केजी, साहिल थापा ६० केजी , महिला तर्फ लुग्मा इदिङ्गो ५० केजी रहेका छन् । दोस्रो हुनेमा योगेश दाहाल ४५ केजी रहेका छन् । त्यसैगरी काता तर्फ प्रथम हुने प्रेम तामाङ दोस्रो हुने सुसिल बिक रहेका छन् ।
प्रतियोगितामा नेपालको तर्फबाट टिम प्रशिक्षक मुक्ति काफ्ले टिम व्यवस्थापक सन्तोष भुजेल निर्णायकहरु राजु सिवाकोटी , किष्ण बस्नेत ,दुर्वसा कार्कि, अभिषेक दवाडी र खेलाडी सहितको टिम भारत गएको थियो । प्रतियोगितामा आयोजक भारत सहित नेपाल, बर्मा, भुटान र बङ्गलादेशका खेलाडीहरुको सहभागिता रहेको थियो ।

