अन्य

चन्द्रनिगापुर सिटीमा २०२२ को अध्यक्षमा उज्जवल रिजाल

बाहुण्डाँगी । चन्द्रनिगापुर सिटीका लागि २०२२ को अध्यक्षमा उज्जवल रिजाल निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको ९ औँ बार्षिक साधारणसभाबाट रिजाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा चिरञ्जीवि गौतम, हरिकृष्ण न्यौपाने, उपाध्यक्षहरुमा पुजन सत्याल, सबिनराज पौडेल, बप्ती थापा मगर र धर्मराज शहनी निर्वाचित भएका २०२१ की कार्यकारीणी उपाध्यक्ष जानुका सापकोटाले बताउनु भयो ।
कार्यक्रम शाखाका अध्यक्ष लोकेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।