खेलकुद

मेचीनगर गोल्डकपमा आज नेपाल पुलीस र संकटा भिड्दै

झापा, वैशाख १८ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमीफाईनल खेलमा सिएमजी संकटा क्लब काठमाण्डौं र विभागिय टिम नेपाल पुलीस क्लब काठमाण्डौं बिच प्रतिस्पर्धा हुदैछ ।

पुलीस र संकटा जारी चौथो संस्करणको उपाधि दाबेदार टिम हो । ए डिबिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको संकटा र लयमा रहेको विभागिय टिम नेपाल पुलीस क्लब बिच उपाधी नजिक पुग्ने आजको पहिलो सेमीफाईनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे हुदैछ । १० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.