खेलकुद

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

युवराज आचार्य
झापा, वैशाख २१ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत उपाधिका लागि आज फाईनल खेलमा विभागिय टिमहरु नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुदैछ । उपाधी होडमामा आजको खेल जित्दै ट्रफी आफ्नो कब्जामा पार्ने दाउमा दुबै हुने छ ।

जारी सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको विभागिय टिम नेपाल पुलिस क्लब र राष्ट्रिय खेलाडीले भरिएको विभागिय टिम त्रिभुवन आर्मी क्लब बिच उपाधीका लागि फाईनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । डिफेन्डिङ च्याम्पियन आर्मी सिजनको ५ औं उपाधि आफनो पक्षमा पार्ने रणनीतिका साथ तयारीमा रहँदा पुलिस सिजनको दोस्रो उपाधि जित्नका लागी काँकडभिट्टाको मैदानमा उत्रदै छ। गत संस्करणको गोल्डकप प्रतियोगितामा आर्मीसँग ३–० ले हारेर उपाधि होडबाट बाहिरिएको पुलिसलाई जित निकाल्दै हारको बदला लिने अवसर रहेको छ। आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागी समेत भिडेका यी २ टोली सिजनमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन।

जारी सिजनमा मेचीनगर गोल्डकप अघि ८ वटा फाइनल खेलेको आर्मीले ४ वटा उपाधि आफनो पक्षमा पार्दा पुलिसले २ वटा मध्ये खप्तड गोल्ड कपको मात्र उपाधि आफ्नो पक्षमा पारेको थियो। आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागि पराजित पुलिस टिम आर्मीलाई हराउँदै सिजनको दोस्रो उपाधिको पर्खाइमा छ।

काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ३ः३० बजे हुदैछ । १० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.