समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल; मन्त्री गोकर्ण विष्ट

काठमाण्डौं, श्रावण १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमा गर्दै मन्त्री विष्टले आर्थिक वर्ष २०७५-७६ बाट सुरु भएको यो कार्यक्रम पहिलो वर्ष नै एक लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६९ हजार २६९ दिन रोजगारी दिन सफल भएको जनाएका हुन् ।
मन्त्री विष्टले यस कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहबाट कामका लागि २ अर्ब ३६ करोड ८९ लाख ६९ हजार बजेट स्थानीय तहलाई सशर्त अनुदानका रुपमा हस्तान्तरण गरेको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा स्थानीय तहमा ६ हजार ८ सय ६४ वटा आयोजना निर्माण भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.