काठमाण्डौं, श्रावण १६ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा एक बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान लेटाङ–३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवैजना एउटै खाटमा सुतेका थिए ।
शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्कासी करेन्ट लागेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

