राजनीति

यता दस बुदेको यस्तो बिजोग !

झापा । नेकपा एमालेको आसन्न महाधिवेसन नजिकिरहँदा केपी ओलीको घर भएको जिल्ला झापामा छानिएका ४९ जना प्रतिनिधिमध्ये ओली इतर पक्षीय तीनजनामात्र महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 

एमालेमा बिभाजन हुनुपुर्व गठन भएको समानान्तर कमीटिमा प्रदेश र जिल्ला कमिटीमा रहेका १० बुँदे पक्षधर नेताहरु पुन एमालेमै फर्किएका थिए ।

झापाका प्रभावशाली नेताहरु केन्द्रिय सदस्य नरेश खरेल, रविन कोईराला, सांसद पवित्रा निरौला खरेल, प्रदेश कमिटी सदस्य रोमणि भट्टराई, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रमाया श्रेष्ठ, बिर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा, शिवसताक्षी नगरपालिकाका उपमेयर भोजकुमारी नेपाल लगायत नेताहरु माधव नेपालले निर्माण गरेको समानान्तर कमिटीमा रहेका थिए । 

एमाले बिभाजनपछि एमालेमै फर्किएका उनीहरु पक्षधर कार्यकर्ता तुलनात्मक रुपमा निक्कै कमजोर रुपमा देखिएका छन् । गत स्थानीय तहको पार्टीको निर्वाचनमा झापाका १५ वटा पालिकामध्ये दुई पालिकामा मात्र अध्यक्ष जिताउन सफल भएका १० बुँदे पक्षधर नेताहरु महाधिवेशन प्रतिनिधि छनौटमा कमजोर देखिएका छन् ।

पार्टी एक हुँदा समानान्तर संगठनमा संगठित भएका तथा दोस्रो तहका नेताले १० बुँदे सहमति गरेपछि फेरी पाटीमै फर्किएकामध्ये प्रदेश कमिटी सदस्य रोमणी भट्टराई, भद्रपुर नगरपालिकाका मेयर चन्द्रमाया श्रेष्ठ, बिर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा मात्र महाधिवेसन प्रतिनिधिमा चयन भएका छन् । 

झापाको क्षेत्र नम्बर १ बाट छानिएका ८ मध्ये दशबुँदै पक्षधर एकजना पनि छनौट भएका छैनन् । क्षेत्र नम्बर २ मा छनौट भएका ११ मध्ये दशबुँदै पक्षधर दुइजना परेका छन् । क्षेत्र नम्बर ३ मा निर्वाचन भएको थियो । सो क्षेत्रमा निर्वाचित ८ मध्ये एकजना, क्षेत्र नम्बर ४ मा निर्वाचित ९ मा एकजना पनि दशबुँदे समर्थकले जीत हासिल गर्न सकेनन् ।

पार्टी अध्यक्ष केपी ओलीले जितेको क्षेत्र नम्बर ५ बाट चयन भएका १० जना नै १० बुँदे सहमति मानेर पार्टीमा फर्किएका नेता परेका छैनन् । बिधान अनुसार दलित समुदायबाट हुने ३ जनाको प्रतिधित्वमा समेत ओली पक्ष शतप्रतिशत हावी भएको छ । 

महाधिवेसन प्रतिनिधि सर्वसम्मत चयन गर्न एमालेमा पार्टी केन्द्रबाट सर्कुलर आएको थियो । जिल्ला नेताहरुले अन्तिमसम्म सर्बसम्मतको प्रयास गरेका थिए । तर, झापाको ३ र ४ नम्बर क्षेत्रमा चुनावबाट महाधिवेसन प्रतिनिधि चयन भएको थियो।