नरेन इलामेली
इलाम । नेपाली काँग्रेसको आसन्न १४ महाधिवेशनका लागि इलामबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सुवेदीले काँग्रेसको सभापतिमा पुनस् एकपटक बर्तमान सभापति शेरबहादुर देउवालाई नै अवसर दिनुपर्ने बताएका छन् । केन्द्रिय महाधिवेशनका लागि काठमाण्डौ पुगेका सुवेदीले बर्तमान अवस्थामा काँग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई नै देउवाको नेतृत्व अपरिहार्य रहेको सुबेदीको भनाई छ ।

बर्तमान अवस्थामा काँग्रेसमा देउवाको विकल्प छैन । निकट भविष्यमा नै स्थानिय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउँदैछ । निर्वाचनमा प्रतिपक्षसँग जुध्न सजिलो छैन तसर्थ काँग्रेस एकजुट भएर जानुको विकल्प छैन । र काँग्रेसलाई एकजुट बनाएर लैजान सक्ने क्षमता देउवासँग मात्र छ । शेरबहादुर देउवा कम्युनिष्टहरुले समेत मानेर सरकारको नेतृत्वमा पर्याइएका नेता हुन तसर्थ देशलाई नै देउवाको नेतृत्वको खाँचो छ । सुवेदीले भने ।

त्यस्तै सुवेदीले महामन्त्रीमा युवापुस्ताको अनिवार्य आवश्यकता रहेको बताएका छन् । महामन्त्रीमा युवापुस्ताका गगन थापा वा विश्वप्रकाश शर्माको आवश्यकता रहेको उनको बुझाई छ ।
त्यस्तै फरक प्रसंगमा उनले उनले आगामी निर्वाचनमा कांग्रेसले अन्य दलहरुसँग गठबन्धन नगरी एक्लै लड्नु पर्ने बताएका छन् ।आफ्नो बिचार र सिद्धान्तमा रहेर आफ्ना निती तथा कार्यक्रम कार्यान्वयनका लागि काँग्रेसले एक्लै चुनाव लड्नुको विकल्प नरहेको उनको भनाई छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

