खेलकुद

उसु खेलको जिल्ला छनौट सम्पन्न

झापा, बैशाख २८ । भद्रपुर स्थित मेची रंगशालामा दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिता अन्तर्गत उसु खेलको जिल्ला छनौट सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेलले उद्घाटन गरेको प्रतियोगितामा जिल्ला भरीका १४ बर्ष मुनिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

छनौट प्रतियोगिता अन्तर्गत उसु खेलको थाईची छ्वान छात्र तर्फ हिमालयन ईङ्गलिस स्कुल भद्रपुरका क्रमस निशान कार्की प्रथम, समिर आचार्य द्वितिय, अम्बर भेजेल तृतिय र आलोक तिम्सिना चौथो भए । छान छ्वान छात्र तर्फ सिग्मा ईङ्गलीस स्कुलका क्रमस संदिप मेचे प्रथम, प्रतिक राजवंशी द्वितिय, संन्देश खत्रि तृतिय र बीप थाम्सुहाङ्ग चौथो भए ।
छान छ्वान छात्रा तर्फ शनिश्चरे माविकी प्रतिमा राई प्रथम, सिग्मा ईङ्गलीस स्कुलकी सन्ध्या तामाङ्ग द्वितिय, हिमालयन इङ्गलीस स्कुलकी कोमल तामाङ्ग तृतिय र देवी पाथिभरा स्कुलकी रिचा श्रेष्ठ चौथो भईन् । थाईची छात्र तर्फ हिमालयन इङ्गलीस स्कुलका निशान कार्की प्रथम, समिर आचार्य द्वितिय, अम्बर भुजेल तृतिय र आलोक तिम्सिना चौयो भए । थाईची छात्रा तर्फ देवभुमी इङ्गलीस स्कुलकी रोशनी लिम्बु प्रथम, हिमालयन इङ्गलीस स्कुलकी युसिका निरौला द्वितिय, सिग्मा ईङ्गलीस स्कुलकी आयुस्मा तामाङ्ग तृतिय र सिग्मा ईङ्गलीस स्कुलकै सिमा मगर चौथो भईन ।
नान छ्वान छात्र तर्फ भानु मावि अर्जुनधाराका निकुञ्ज चौधरी प्रथम, हमालयन इङ्गलीस स्कुलका सुवर्ण बस्नेत द्वितिय, सिग्मा ईङ्गलीस स्कुलका निखिल राजवंशी तृतिय र सिग्मा ईङ्गलीस स्कुलकै छेवाङ्ग तामाङ्ग चौथो भए । नान छ्वान छात्रा तर्फ देवी पाथिभरा स्कुलकी रिया राई प्रथम, देवी पाथिभरा स्कुलकै रिया श्रेष्ठ द्वितिय र हिमालयन ईङ्गलीस स्कुलकी कुस्मा चापागाई तृतिय भईन् ।जिल्लास्तरिय छनौट प्रतियोगितामा प्रथम भएका खेलाडीले प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुने उसु प्रशिक्षक रविन श्रेष्ठले बताए ।

प्रतियोगितामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, कोषाध्यक्ष धर्मराज सिवाकोटी, कार्यालय प्रमुख टहल दाश मैनाली, बक्सिङ्ग खेलका भोजराज सिटौलालगायतले पदक प्राप्त खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.