मेचीनगर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले मानवीय सेवा गर्ने, ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ ।

सहकारीले मेची आम्दा अस्पतालको स्त्तरोन्नतिका लागि आजै संस्थाका अध्यक्ष गोपाल चुँडालले मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनालाई नगद रु. ५० हजार हस्तान्तरण गरेका छन् ।

सहकारीले उत्कृष्ट बाल बचतकर्ता अर्पण मेचे, औरोन मेचे, अनुष्का साह, ज्येष्ठ नागरिकद्वय देवीमाया न्यौपाने, टीका पौडेल, उत्कृष्ट कर्जावापत हरमन सिंह राजवंशी, रुनी खातुन, निभा मण्डल र उत्कृष्ट बचतकर्तामा कुमारी दनुवार, कल्पना धिमाल, पप्पु साहलाई रु. दुई हजार एक सय नगदसहित सम्मान गरेको छ ।

सहकारीले कोभिड–१९ संक्रमणको जोखिम मोलेर कोभिडका विरामी बोकेर सेवा पुर्याए वापत मेचीनगर–१० धुलाबारी स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई नगद रु. तीन हजार एक सयसहित सम्मान पत्रले सम्मान गरेको छ । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सहकारी बैंकका सञ्चालक सदस्य दुर्गा सापकोटालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, इष्ट होइराजन आमाविका निर्देशक सञ्जीव राई, सहकारीका सल्लाहकार शुशील आचार्य, मेचीनगर नगरपालिकाका पूर्वाधार तथा योजना शाखा प्रमुख कमल कोइराला, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, पूर्वद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वीपी भट्टराई, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. २०५७ सालमा २७ जना शेयर सदस्यको रु. एक लाख ३५ हजार शेयरपूँजीबाट सुरु गरिएको सहकारीमा हाल चार हजार ६२० जना शेयर सदस्य रहेका छन् भने रु. १९ करोड २ लाख ६२ हजार ४०० शेयर पूँजी रहेको संस्थाका अध्यक्ष गोपाल चुँडालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शेयर सदस्यहरुलाई जागरुक बनाई उनीहरुको जीवनस्तर उकास्नका लागि उत्प्रेरित गरिरहेको कारण यसको जनविश्वास गाउँदेखि शहरसम्म फैलिएको बताए । उनले सहकारीले कर्मचारीका लागि प्रतिव्यक्ति रु. सात लाखको सामूहिक विमा समेत गरिदिएको जानकारी दिए ।
उनले संस्थाले एक शेयर सदस्यलाई बढीमा रु. ३० लाखसम्म मात्र कर्जा लगानी गर्ने, र रु. २० लाख भन्दा माथिको लगानीमा धितो मूल्याङ्कनका आधारमा मात्र ऋण प्रदान गर्ने बताए । संस्थाका लेखा समिति संयोजक विश्वास भण्डारीले यसै आर्थिक बर्षबाट संस्थाको भवन निर्माण थालनी गर्न, आन्तरिक लेखापरीक्षण तथा नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गर्न, कृषक शेयर सदस्यहरुर्र्ला कृषिलाई व्यवसायिकरण गरी आत्ननिर्भर बनाउन आवश्यक रहेको सुझाव पेश गरेका थिए ।
संस्थाकी सचिव लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शंकर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

