
काठमाण्डौँ, बैशाख ३० । एभी न्युज टेलिभिजनको सकस राजनीति कार्यक्रमका अतिथि कार्यक्रम नसक्की बिचमै छाडेर हिडेका छन् । अन्तर्वार्ता लिने पत्रकार र दिने अतिथि बिच घम्साघम्सी हुदा कार्यक्रमका अतिथि नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यक्रम छाडेर बाहिरिए थिए ।

अन्तर्वार्ता लिने क्रममा पत्रकारले नयाँ पार्टी गठनको शुभकामनासँगै ‘यो पार्टीले जनतालाई के दिन्छ ’ भनेर प्रश्न गरे । त्यसको जवाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले ‘तपाईँ मिडियामा हुनुहुन्छ, मिडियाले के दिन्छ भनेर प्रतिप्रश्न गरे । पत्रकारले ‘हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ’ भनेर जवाफ दिए । त्यसपछि अतिथि यादवले ‘तपाईँलाई त प्रश्न गर्ने ढंग पनि दिएको छैन’ भन्ने जवाफ फर्काए । यादवले शिष्ट भएर प्रश्न गर्न, कसरी कुरा गरिन्छ भन्ने जान्न भने पछि विवाद लम्बिएको थियो । जसले गर्दा अतिथि अन्तर्वार्ता बाटै बाहिरिएका थिए । सो घटनाले गर्दा अहिले अन्तर्वार्ता लिने पत्रकार र अतिथि दुवै आलोचित भईरहेका छन् ।

