विविध

मेचीनगरमा विष्फोट :७ जना घाइते, लाखौंको सामाग्री ध्वस्त

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित इन्द्रेणी टोलमा सिलिन्डर विष्फोट सँगै भएको आगलागी नियन्त्रणका क्रममा ७ जना घाइते भएका छन्,। घाइते सबैलाई विर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएको र उनिहरूकाे स्वास्थ्य अवस्था बारे जानकारी आइनसकेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

बुधबार बेलुका करिब ९ :२० बजेको समयमा स्थानीय केशव पाठककाे भाडामा दिएको घरमा आगलागी सँगै दुइवटा सिलिन्डर विष्फोट भएको स्थानिय वासिन्दाले बताए ।

घरमा काेही नभएको समयमा आगलागी र सिलिन्डर विष्फोट हुँदा लाखौं मुल्यकाे सामाग्री ध्वस्त भएको छ । आगलागीकाे कारण अझै खुल्न नसकेको र घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ।