समाचार

मेचीनगरमा कालोपत्रे सडक गुणस्तरहिन, प्राबिधिक र ठेकेदारको चरम लापरवाही

झापा, बैशाख ३१ । स्थानिय सरकार आए संगै देशै भर विकास निर्माणका कार्यहरु धमाधम भई रहेका छन् । तर विकास निर्माणका कार्यहरु भईरहदा कतिपय ठाँउमा गुणस्तरीय र मापदण्ड अनुसार नै भएको छन् भने कतिपय ठाँउमा गुणस्तरहिन तथा कमसल सामानहरु प्रयोग भएको पाईएको छ ।

यस्तै मेचीनगर क्षेत्रको एक कालोपत्रे सडक गुणस्तरहिन र कमसल बनेको पाईएको छ । मेचीनगर १० स्थित सहिद मार्ग अन्तर्गतको धुलाबारी चन्द्रगढी सडक खण्डमा कालोपत्रे गर्ने ठेक्का लिएको जलजले निर्माण सेवा कम्पनीले चरम लापरवाही गरेको भेटिएको छ । जसका कारण निर्माण भएको एक साता नबित्दै सडक भत्किन थालेको छ । ६७ लाख ६७ हजार ७७ रुपैँयाको लागतमा धुलाबारी चोक दक्षिण तर्फ २ सय ९ मिटर सडक खण्डमा गरिएको कालोपत्रे एक हप्ता पनि नभई हातले कोट्याउँदा उक्किने, सडकमा बाइक राख्दा स्टेन नै भाँसिन थालेपछि स्थानीयबासी आक्रोशित भएका हुन । ठेकेदार कम्पनीले कमसल काम गर्दा पनि सम्बन्धित निकायले ध्यान नपुर्याएको स्थानीयको गुनासो छ ।

आफुहरुलाई गुणस्तरीय सडक चाहिएको भन्दै सडक निर्माण कार्य पुनः सुरु नगरे सशक्त आन्दोलन गर्ने स्थानीय बिपि भट्टराई र प्रकाश खड्का लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुले सम्बन्धीत निकायलाई चेतावली दिएका छन् । यता मेचीनगर नगरपालिकाका भौतिक पुर्वाधार विकास समितिका संयोजक कृष्ण कनालले गुणस्तरिय ढंगले काम अगाडि बढाउने बताए।

Leave a Reply

Your email address will not be published.