बाहुण्डाँगी । दाङ लेडी जेसीजका लागि २०२२ का अध्यक्ष शारदा घर्तीद्धारा पदभार ग्रहण गर्नु भएको छ । २०२१ की अध्यक्ष ममता डाँगी विष्टले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष घर्तीलाई पहिर्याउँदै पद हस्तान्तरण गर्नु भएको थियो ।

एक महिना अघि नै भएको शाखा अधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा सुनिता थापा, बसन्ती सुवेदी, उपाध्यक्षहरुमा सरस्वती चौधरी, रोजिना गिरी, मिना भण्डारी, लक्ष्मी धमाल, सचिवमा संगिता रोकाय निर्वाचित हुनु भएको थियो । पदभारपछि अध्यक्ष घर्तीले महासचिव नारायणी कोषाध्यक्षमा भण्डारी, सिन्धु रिजाल र कानुनी सल्लाहकारमा अनिता ढकाललाई मनोनित गर्नु भएको थियो । सबै पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराइएको थियो ।

दाङ महिला जेसीज २०२१ की अध्यक्ष ममता डाँगी विष्टको सभापतित्व तथा राष्टियसभा सदस्य कोमल ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाही, सविधान सभा सदस्य राजु खनाल, निरुपित उपाध्यक्ष सन्दिप अग्रहरी, राष्टिय कोषाध्यक्ष कमल पनेरु, राष्टिय उपाध्यक्ष राम पाण्डे, नारायण भट्टराई, विभिन्न शाखाका शाखा अध्यक्षहरु, तथा दाङ लेडीका पूर्व अध्यक्षहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक मिना भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव सुनिता थापाले गर्नु भएको थियो ।

