संघ \संस्था

धुलावारी जेसीज र जुनियर जेसीजको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी । धुलाबारी जेसीजको ४२ औ पदहस्तान्तरण शुक्रवार सम्पन्न भएको छ । धुलावारी स्थित टाउन हलमा आयोजित एक समारोहकाबिच २०२२ का अध्यक्ष रबिन पाठकले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । २०२१ का अध्यक्ष राजिप प्रसाईले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष पाठकलाई पहिराउादै आफ्नो कार्यभार हस्तान्तरण गर्नु भएको छ ।
यसैगरी सोही समारोहमा धुलावारी जुनियर जेसीजको चौथो पदहस्तान्तरण सम्पन्न भएको हो । जेनियर जेसीजका २०२१ का अध्यक्ष शैलेस गौतमले २०२२ का अध्यक्ष सचेत घिमिरेलाई पदहस्तान्रतण गरेका थिए ।

नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला


निर्वाचन समितिका सदस्य तथा शाखाका पूर्व अध्यक्षले निर्वाचति सदस्यहरुको नाम सार्वजनिक गरेपछि नवनिर्वाचत अध्यक्ष पाठकले महासचिवमा योगेश भट्टराई, कानुनी सल्लाहकारमा भूमि पौडेल र कोषाध्यक्षमा मनोज ढकाल मनोनित सहित सपथ ग्रहण गराउनु भएको थियो । साथै पाठकले अन्य विभिन्न पदमा समेत मनोनित गर्नु भएको थियो ।


शाखाका अध्यक्ष राजिव प्रसाईको सभापतित्व तथा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको प्रमुख अाित्थयतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरु, नेकपा माओवादीका नगर अध्यक्ष राजन चिमरिया, शाखाका पूर्व अध्यक्ष चेजप्रसाद चौलगाईलगायतले नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कायत्र्रmममा शाखाका पूर्व अध्यक्ष तथा विभिन्न शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन २०२१ का महासचिव शेखर गिरी र २०२२ का महासचिव योगेस राजवंशीले सञ्चालन गर्नु भएको थियो ।